“माओवादी, कांग्रेस र मधेशवादी दलहरु संविधानलाइ क्षतविक्षत गर्ने खेलमा”- नेता गौतम

<span class='c1'>“माओवादी, कांग्रेस र मधेशवादी दलहरु संविधानलाइ</span> <span class='c2'>क्षतविक्षत गर्ने खेलमा”- नेता गौतम</span>

बिनु तिम्सिना

नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले माओवादी, कांग्रेस र मधेशवादी दलहरु संविधानलाइ क्षतविक्षत गर्ने खेलमा लागेको आरोप लगाउनुभएको छ ।
आइतबार विराटनगरमा एमाले मोरङले पार्टी कार्यालय विराटनगरमा आयोजना गरेको कार्यकर्ता भेलामा बोल्दै उहाले अनावश्यक रुपमा संविधान संसोधनको माग गर्दै देशलाइ संविधान विहिन बनाउने खेलमा अन्य राजनितिक दलहरु लागिपरेको आरोप लगाउनुभयो । उहाले भन्नभयो, ‘ संविधान जड हैन परिवर्तनशिल छ तर संविधान निरन्तर संसोधन गरेर सक्नलाइ बनाइएको हुदैन ’ लाज पचाएर संविधान कार्यान्वयन नै नभइ पटक पटक त्यसाइ संसोधनको कुरा नगर्नुस ।’
नेता गौतमले नेपालको संविधानलाइ क्षतविक्षत पारेर कांग्रेस, माओवादी र मधेशवादी दलहरु देशलाइ नै टुक्र्याउने खेलमा लागेको बताउनुभयो ।संविधानलाइ संरक्षण गर्नुका साटो त्यसलाइ क्षेतविक्षत गर्नु भन्दा अगाडि एमालेलाइ भेदन गर्नुपर्ने भन्दै उहाले चेतावनी समेत दिनुभयो ।
उहाले भन्नुभयो ‘ एमाले आफुमात्रै एक तिहाइ छैन त के भयो ? आफुसंग अन्य धेरै जनतालाइ साथलिएर एमाले एक तिहाइ भन्दा बढि संख्या बनाएर अगाडि बड्छ तिमि क्षत बिक्षत तब मात्रैगर्न सक्छौ जब एमालेलाइ भेदन गर्नसक्छौ । संविधानलाइ क्षतविक्षत पारेर देश टुक्र्याउने तिम्रो खेल एमालेले सफल हुन दिदैन । ’
नेपाल किसान संघको राष्ट्रीय अध्यक्ष समेत रहनुभएका गौतमले अब राजनितिका नेताहरुलाइ भाषणलाइ भन्दापनि उत्पादन र विकासलाइ जोड नदिने हो भने विस्तारै दलको नै अस्तीत्प समाप्त हुदै जाने उल्लेख गर्नुभयो । उहाले एमालेले पनि अब कृषि उत्पादन र विकास तर्फ जोड दिए मात्रै पार्टिभित्रको गुटबन्दी समाप्त हुने उहाले धारणा राख्नुृ भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्