ईपीएल क्रिकेट : बिराटनगरका पनि तीन खेलाडी खेल्दै

<span class='c1'>ईपीएल क्रिकेट : बिराटनगरका</span> <span class='c2'>पनि तीन खेलाडी खेल्दै</span>

बिराटनगर असोज ३ , जाेहाेरा स्पाेर्टस म्यानेजमेन्टले एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी २० प्रतियाेगिता सञ्चालन गर्ने भएकाे छ । प्रतियाेगितामा पन्चकन्या ग्रुपको पन्चकन्या तेज, टेलेटक प्रालीको कलर्स एक्स फ्याक्टर, विशाल ग्रपको विशाल वारियर्स, कान्तिपुर पब्लिकेसनको कान्तिपुर गोर्खाज, शंकर ग्रपको जगदम्बा राइनो र घोराही सिमेन्टको सगरमाथा लेजेण्ड्स गरी ६ टीम छन् । प्रतियोगिता राउण्ड रोविन लिगको आधारमा खेलाइने छ भने हरेक टीमले कम्तीमा ५ खेल खेल्नेछन्। लिगपछि शीर्ष दुई स्थानमा रहने टीम बीच फाइनल खेलाइने जोहराका निर्देशक आमिर अख्तरले जानकारी दिए। टी २० क्रिकेट फर्म्याटकाे प्रतियोगिता सेप्टेम्वर २४ देखि अक्टोबर ३ सम्म कीर्तिपुर स्थित त्रिवि मैदानमा हुने अायाेजकले जनाएकाे छ ।

प्रतियोगितामा बिराटनगरका पनि ३ खेलाडी खेल्ने भएका छन् । तीन खेलाडीमा युवा उदयमान खेलाडी सिद्धान्त लोहनी कलर्स एक्स फ्याक्टर टिमबाट खेल्ने छन् , त्यसैगरी बिराटनगर कै पुष्प थापा पन्चकन्या तेजबाट भने अर्का युवा खेलाडी ललित राजबंशी कान्तिपुर गोर्खाज टिमबाट खेल्ने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्