विराटनगरमा संविधान दिवस मनाइयो तर कोहि सभासद आएनन

<span class='c1'>विराटनगरमा संविधान दिवस मनाइयो</span> <span class='c2'>तर कोहि सभासद आएनन</span>

बिराटनगर असोज ३ , विराटनगरमा पनि आज पहिलो संविधान दिवसको उपलक्ष्यमा विशेष कार्यक्रम गरिएको छ । कार्यक्रममा बोल्दै मोरङका प्रमुख जिल्ला अधिकारी तोयाम रायाले सबैजना एकजुट भएर संविधान कार्यान्वयन गर्दै देश विकासमा लाग्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा स्थानीय विकास अधिकारी नारायणप्रसाद मैनाली, नेकपा एमाले मोरङका अध्यक्ष महेश रेग्मी, माओवादी केन्द्रका मोरङ सहइन्चार्ज गणेश उप्रेती, नेपाल पत्रकार महासंघ मोरङका अध्यक्ष महेन्द्र विष्ट, महेन्द्र मोरङ क्याम्पसका क्याम्पस प्रमुख महेन्द्रनारायण यादव लगायतले सम्बोधन गर्नुभयो । कार्यक्रममा जिल्ला कृषि विकास कार्यालय मोरङका प्रमुख राजेन्द्र उप्रेती, सहकारी डिभिजनका प्रमुख गोपी घिमिरे, वाणिज्य कार्यालय विराटनगरका प्रमुख नयराज नेपाल, विराटनगर भन्सार प्रमुख कृष्णबहादुर बस्नेत लगायतको समेत सहभागिता रहेको थियो । संविधान दिवसकै अवसरमा विराटनगरस्थित विभिन्न सरकारी कार्यालयका प्रमुख, सुरक्षाकर्मी तथा विद्यार्थीहरुको सहभागितामा जिल्ला विकास समितिबाट ¥याली समेत निकालिएको थियो ।

तर संविधान जारी भएको एक वर्ष भएको खुसियालीमा विराटनगरमा आयोजना गरिएको कार्यक्रममा मोरङका कोहिपनी सांसदहरुको सहभागिता जनाएनन् ।
मोरङबाट काँग्रेस, एमाले, माओवादी केन्द्र, फोरम लोकतान्त्रिक लगायतका दलका २६ जना सांसद रहेका छन् । तर संविधान दिवस जिल्ला कार्य समिति मोरङको आयोजनामा आज जिल्ला विकास समिति कार्यालयको प्रांगणमा भएको कार्यक्रममा भने एक जनापनि सांसदको उपस्थिति रहेको थिएन् । राजनीतिकको उर्वरभूमि मानिएको विराटनगरमा भव्यताका साथ संविधान दिवस मनाइने कांकलन सबैले गरेका थिए । तर आज गरिएको कार्यक्रममा मोरङबाट संसदमा प्रतिनिधित्व गर्ने कोही पनि सांसद सहभागी नहुदा फिका मात्र थिएन लाजमर्दो समेत देखिएको थियो । कार्यक्रममा सुरक्षाकर्मी, सरकारी कर्मचारी र विद्यार्थीहरुको मात्रै उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्