बिराटनगर असोज ४ , सोमबार नेपालको संविधानको एक वर्ष पुगेको उपलक्ष्यमा देशका विभिन्न भागमा खुसियाली मनाइरहदा बिराटनगरमा भने संविधानको विरोधमा कालो दिवस मनाइएको छ । कालो दिवस मनाउने क्रममा मधेसवादी दलका नेता तथा कार्यकर्ताले बिराटनगरमा हातमा कालो झण्डा र निधारमा कालो पट्टी सहित जुलुस प्रदर्शन गरेका थिए । जुलुसमा सहभागीले संविधान संशोधन हुनुपर्ने र मधेसको मागहरू पूरा गरिनुपर्ने माग राखेका थिए ।