विद्यालयमा बम फेला परेपछि गृह मन्त्रालयले सुरक्षा सतर्कता अपनाउन निर्देशन

विद्यालयमा बम फेला परेपछि गृह मन्त्रालयले सुरक्षा सतर्कता अपनाउन निर्देशन

काठमाण्डौं उपत्यकाका झण्डै एक दर्जन विद्यालयमा बिहानै बम फेला परेपछि गृह मन्त्रालयले मातहतका सुरक्षानिकायलाई सुरक्षा सतर्कता अपनाउन निर्देशन दिएको छ ।
मन्त्रालयले घटनास्थल आसपास सुरक्षामा कडाई गरी विद्यालय र विद्यार्थीलाई सुृरक्षाको प्रत्याभूति दिलाउन आवश्यक पहल गर्न सम्बन्धित सबैलाई निर्देशन दिएको मन्त्रालयका प्रवक्ता यादव कोइरालाले बताउनुभयो । घटनाबारे तत्काल अनुसन्धान गरी दोषीलाई कारबाही गरिने उहाँको भनाई छ । कोइरालाले अभिभावक तथा विद्यालयलाई नआत्तिन समेत आग्रह गर्नुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्