बिराटनगर असोज ५ , बालविकास केन्द्रका सहयोगीकार्यकर्ताहरुले सरकारले आफुहरुलाइ पनि प्रावि सरहको सुविधा दिनुपर्ने बताएका छन् ।
प्लान नेपाल मोरङको सहयोगमा सेतो गुराँस बालविकास सेवाले आयोजना गरेको पाँच दिने तालिमको समापन समारोहमा उनिहरुले यस्तो बताएका हुन् । कार्यक्रममा बोल्दै उपहार वालवालिकास केन्द उर्लावारी की सहजकर्ता गोमा दाहालले थोरै पारिश्रमिकमा आफुहरुले धेरै खट्नुपरेको भन्दै आफुहरुलाइ प्रावि सरहको दरबन्दी दिन माग गर्नुभयो । कार्यक्रममा बोल्दै जिल्ला शिक्षा अधिकारी देवेन्द्रराज खनालले विद्यालयमा अनिवार्य वालविकास केन्द हुनेपर्ने र ३० जना भन्दा कम बालबालिकाहरु भएका वालविकास केन्द्रलाइ मर्ज गरिने कुरा उठिरहेको जानकारी दिदै सहजकर्ताहरुका लागि सरकारले विस्तारै राम्रो व्यवस्था गर्ने बताउनुभयो । सहयोगी कार्याकर्ताहरुका लागि आयोजनागरिएको ५ दिने पुनरताजगी तालिममा मोरङका विभिन्न बालविकास केन्द्रबाट २८ जनाको सहभागिता रहेको थियो ।