जुनजेली बुटिकको डिजाइन विश्वभर लोकप्रिय हुदै

<span class='c1'>जुनजेली बुटिकको डिजाइन</span> <span class='c2'>विश्वभर लोकप्रिय हुदै</span>

बिराटनगरको रोडषेश चोकमा रहेको जुनजेली बुटिकको लोकप्रिय बढ्दो क्रममा रहेको छ । जुनजेलीको सफलता बिराटनगर या नेपाल मात्रै नभएर विश्वका धेरै देशहरूमा फैलिसकेको छ । बिशेष गरी सभा समारोहका लागि उच्च माग हुने जुनजेली बुटिकको डिजाइन नेपालमा निकै लोकप्रिय भइरहेको छ । नेपालमा मात्रै नभएर विदेशमा पनि जुनजेलीको डिजाइनर कपडाको माग ह्वात्तै बढेको बुटिककी सञ्चालक सुनिता उप्रेती बताउँछिन् । भर्खरै कतारमा गायक प्रमोद खरेलको  एक म्युजिक भिडियोका लागि चर्चित पप गायिका स्मृति पोखरेलले पनि जुलजेलीले बनाएको डिजाइन लगाएर भिडियो खेलेकी उप्रेती बताउँछिन् ।

 

पुर्वाञ्चलमा हुने हरेक जसो सौन्दर्य प्रतियोगिता तथा कार्यक्रमहरुमा जुनजेली कै डिजाइनमा कपडा प्रयोग गरिदै आएको छ । मिस पुर्वाञ्चल , मिस विश्वकर्मा , पुर्वाञ्चल तिज तारा लगाएतका प्रतियोगिताहरुमा जुनजेलीले नै डिजाइन गरेका लुगा लगाएर मोडलहरु प्रस्तुत हुदै आएका छन् । महिनामा १५-२० नेपाल बाहिरको अडर लिदै आएको र नेपाल बाहिर अमेरिका , अस्ट्रेलिया , फ्रान्स , बेलायत लगायतका देशमा जुनजेलीको लोकप्रियता बढ्दो रहेको संचालक उप्रेतीको भनाइ छ । अन्य बुटिक भन्दा फरक डिजाइन भएकै कारण जुनजेलीक‍ो लोकप्रियता बढेको उप्रेतीले भनिन् । सेतो बाघ चलचित्रकि नायिका अन्जना कट्टेल सुवेदी , नाई नभन्नु ल कि नायिका ऋचा ठाकुरी , मिसेस क्यानडा नेपालमा शारा मिस्कुज लगायतले उप्रेती कै डिजाइनको प्रयोग गर्दै आएका छन् ।

 

विशेषगरी तीज , विवाहको सिजन , ठुला चाडपर्व जस्तै दसै , तिहारमा अझ जुनजेलीमा ग्राहकको घुइँचो लाग्ने गरेको उप्रेतीले बताईन ।जुनजेलीको आगमनले काठमाडौबाट डिजाइन गरिएका लुगा मगाउनुपर्ने बाध्यताबाट बिराटनगर बासि मुक्त भएको उनी बताउँछिन् । बिराटनगरलाई फेसन र डिजाइनदार लुगाको लागि चिनाउन जुनजेलीले महत्त्वपूर्ण भुमिका खेल्न सकेको उनको विश्वास छ । नेपालीहरूको महान चाड बडा दसै तथा दिपावली नजिक रहेको हुनाले जुनजेलीमा अहिले कामको चटारो रहेको छ । देश , विदेशका अडर लिएर काम गर्नुपर्ने तथा विदेशमा सामान डिलेभरी समेत गर्ने गरेको उप्रेती बताउँछिन् । केहि दिन मै बिराटनगरमा जुनजेलिको डिजाइनमा "रेड कार्पेट" फेशन शो आयोजना हुन  लागेको पनि उनले जानकारी दिइन ।

[caption id="attachment_25518" align="alignnone" width="686"]anjana-kattel सेतो बाघकी नायिका अन्जना कट्टेल जुनजेलीको पहिरनमा / तस्बिर : केएल फोटोग्राफी[/caption]

[caption id="attachment_25519" align="alignnone" width="480"]ashmi-s मिस नेपाल 2073 आश्मी श्रेष्ठ जुनजेलीकी संचालक सुनिता उप्रेतीसँग .[/caption]

[caption id="attachment_25520" align="alignnone" width="540"]jivan नायक जीवन लुइँटेल र निरञ्जन लुइँटेलका साथ सुनिता[/caption]

[caption id="attachment_25521" align="alignnone" width="540"]srimiti गायिका स्मृति पोखरेल कतारमा जुनजेलिको पहिरनमा भिडियो शुटमा[/caption]

[caption id="attachment_25522" align="alignnone" width="1280"]richa नायिका ऋचा सिंह ठकुरी जुनजेलिको पहिरनमा[/caption]

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्