बिराटनगरको सडक विषयलाई लिएर बिद्यार्थी सडकमा

<span class='c1'>बिराटनगरको सडक विषयलाई</span> <span class='c2'>लिएर बिद्यार्थी सडकमा</span>

बिराटनगर असोज ६, बिराटनगरमा जारी रहेको बिकास निर्माणकार्य व्यवस्थित नभएको भन्दै बिराटनगरका विभिन्न कलेजका युवाहरु सडकमा आएका छन् । बुधबार बिराटनगरमा प्राज्ञिक बिद्यार्थी परिषदको आयोजनामा बिद्यार्थीहरुले नगरमा र्याली साथै बिराटनगर उपमहानगरपालिका अगाडि जनचेतनामूलक सडक नाटक समेत प्रस्तुत गरेका थिए । अव्यवस्थित बिकास निर्माणले बिराटनगर शहर नै कुरुप भएको र सडकमा हिलो/धुलोले गर्दा हिड्न नसकिने अवस्था भएको भन्दै बिद्यार्थीहरुले आन्दोलन सुरु गरेका हुन । बिद्यार्थीहरुले बिराटनगर उपमहानगरपालिकाका सहायक अधिकृत राजेन्द्र प्रधानलाई बिकास निर्माणकार्य चाडै व्यवस्थित रुपमा सम्पन्न गर्न अनुरोध गर्दै ज्ञापनपत्र बुझाएका थिए ।

yuwa1

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्