बिराटनगर असोज ६ , वैदेशीक रोजगार सम्बन्धि कानुनका विषयमा ३ दिने तालिम बिराटनगरमा सम्पन्न भएको छ । मानव अधिकारको लागि जनमञ्च (पिपूल फोरम) को आयोजनामा आयोजित तालिमको समापनमा वक्ताहरुले युवाहरुलाई स्वदेश मै रोजगारको सृजना गरिनुपर्ने बताएका थिए । तालिममा तीन दर्जनभन्दा बढीको उपस्थिति रहेको थियो ।