भारतको सीमावर्ती क्षेत्रमा नेपालीहरु लुटिदै

<span class='c1'>भारतको सीमावर्ती क्षेत्रमा</span> <span class='c2'>नेपालीहरु लुटिदै</span>

भारतको सीमावर्ती क्षेत्रमा लुटपाटको घट्नामा वृद्धि भएको छ । दशैं तिहार लगायतका चाडपर्व मनाउँन नेपाल फर्कने नेपालीहरुको संख्या बढेसँगै लुटपाटका घट्नामा समेत वृद्धि भएको हो । लुटपाटका घट्नामा नेपालीहरुको समेत संलग्नता रहेको पाइएको छ ।

भारतको हलद्वानीमा मजदूरी गर्ने सुर्खेत देथान ६ बस्ने ३५ वर्षीय रामबहादुर बुढा र सुरबहादुर साउदलाई एक जना नेपालीले नै लुट्ने प्रयास गरेका छन् । भारतको हलद्वानीबाट आफु पनि नेपाली भएको र संगै नेपाल जाने आश्वासन दिएर ती लुटेरा नेपालीले लुटने योजना बनाएको प्रहरीले जनाएको छ ।

२४ वर्षिय बाजुरा घर भएका हिमखिर मल्लले गड्डाचौकी नाकामा भारतीयले दुःख दिने बताउँदै तिनीहरुलाई ब्रह्मदेवको बाटोबाट लगि लुट्ने योजना बनाएका थिए । टनकपुरबाट चिसो पेय पदार्थ किनेर ल्याएको र ब्रह्मदेवको जंगलको बाटो भई आउँदा ४ ट्याबलेट बेहोस हुने औषधी खुवाई लुट्ने प्रयास गरेका थिए । ५ नम्बर पिल्लर नजिक बेहोस भएको अवस्थामा स्थानीयले देखेपछि लुटेरा समातिएको र स्थानीयले प्रहरीलाई बुझाएको प्रहरीले जनाएको छ । पिडित दुवै जनाको महाकाली अञ्चल अस्पतालमा उपचार भइरहेको छ । बेहोस अवस्थामा भएको हुँदा किटानी जाहेर नभएर मुद्धा नचलाइएको र दुवैजनालाई होश आएपछि मुद्धा दर्ता गर्ने र लुटेरा सार्वजनिक गर्ने डिएसपी नैनसिंह कार्की ले बताउँनुभयो ।

त्यस्तै खटिमामा उपचार गरेर र्फिर्कएका पवनसिंह बडायकको पुरानो मोवाइलको कागजपत्र देखाउन भनी भारतीय सिमा अधिकारीहरले दुःख दिएको र अन्तमा ५० रुपैयाँ भारु लिएर छाडेको बताइएको छ । भारतको हिमाचलबाट फर्किएका नेपालीहरुको पनि समस्या त्यस्तै छ । पुल पारी एक सय भारु र वारी ५० भारु तिरेर मात्रै छोड्ने गरेको सर्वसाधारणहरुको गुनासो छ ।

दसैंंै–तिहार नजिकिंदै गर्दा भारतमा काम गर्न गएका नेपालीहरु भित्रिने क्रम जारी छ । प्रायः असारमा रोपाई सकेर भारत गएका नेपालीहरु दसैंैं–तिहारमा भने नेपाल फर्किने गरेका छन् । तर भारतबाट फर्किंदा आफ्नो श्रम बेचेर कमाएको पैसा बोकेर सुरक्षित रुपमा नेपाल फर्कन पाउँनेमा भने आशंका उठ्ने गरेको उनीहरु बताउँछन् । लुटपाट र ठगी कार्यमा भारतीय सुरक्षाकर्मीहरु नै संलग्न रहने गरेको पीडितहरुको दाबी छ । त्यसैले यसलाई नेपाली पक्षले गम्भीरतापूर्वक लिन जरुरी भैसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्