अन्तराष्ट्रिय शान्ति दिवसको अवसरमा विराटनगरमा बृहत शान्ति पदयात्रा

<span class='c1'>अन्तराष्ट्रिय शान्ति दिवसको अवसरमा</span> <span class='c2'>विराटनगरमा बृहत शान्ति पदयात्रा</span>

अन्तराष्ट्रिय शान्ति दिवसको अवसरमा विराटनगरमा बृहत शान्ति पदयात्राको आयोजना गरिएको छ ।
आत्मा ज्ञान प्रचार संघ मोरङको आयोजनामा विराटनगरस्थित विरोन्द्र सभागृहबाट सुरु गरिएको पदयात्राले हस्पीटल चौक, ट्राफिक चौक, जनआन्दोलन चौक, भृकुटि चौक, डिएसपी रोड लगायत नगरको परिक्रममा गरेको थियो । पदयात्रामा विभिन्न संघसंस्था, विराटनगर उपमहानगरपालिका र आसपासका गाविस तथा नगरपालिबाट आएका एक हजार भन्दा बढि मानिसको सहभागिता रहेको थियो । पदयात्रामा सहभागि विश्व शान्ति अभियान्ता प्रेम राउतका अनुयायीहरुले विश्व शान्तिको कामना गर्दै अहिंसाको विरोध गरेका थिए ।
शान्तिका लागि सहकार्य सवैका लागि सम्मान भन्ने नाराका साथ विभिन्न कार्यक्रम गरि मनाइयो ।
दिवसको अवसरमा आत्म ज्ञान प्रचार संघ मोरङले पनि विराटनगरमा बृहत शान्ति सभाको आयोजना गरेको छ । कार्यक्रममा विश्व शान्ति अभियान्ता प्रेम रावतको शान्ति सन्देश सुनाइएको थियो । कार्यक्रममा बोल्दै संयोजक भिम पौडेलले शान्ति खोज्न कसैले टाढा जानु नपर्ने बताउँदै शान्ति आफु भित्रै हुने हुँदा त्यसलाइ चिन्नुपर्ने बताउनुभयो । विश्व शान्ति अभियान्ता प्रेम रावतले विश्वका सबै मानिसलाइ आफु भित्रको शान्ति चिन्नका लागि सहयोग गर्ने उद्देश्यले विश्वका विभिन्न देशमा आज एकै साथ शान्ति सन्देश प्रचार गर्नूभएको उहाले जानकारी दिनुभयो । नेपालमा पनि आज सबै जिल्लाहरुमा एकैसाथ उहाको शान्ति सन्देश सुनाइएको उहाले जानकारी दिनुभयो । यो दिवस सन् १९८२ सेप्टेम्बर २१ देखि मनाउन शुरु गरिएको हो । संयुक्त राष्ट्रसंघ महासभाले सन् १९८१ मा संसारका सवै देश र जनतामा शान्तिको कामना सहित अन्तरष्ट्रिय शान्ति दिवस मनाउने प्रस्ताव पारित गरेसंगै यसै दिनको सन्दर्भ पारेर अन्तरष्ट्रिय रुपमा शान्ति दिवस मनाउन थालिएको हो । नेपालमा भने यो दिवस २०६५ सालदेखि मनाउन थालिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्