“आगामी चैत महिनामा स्थानिय निकायको निर्वाचन” -मन्त्री पाण्डे

<span class='c1'>“आगामी चैत महिनामा स्थानिय</span> <span class='c2'>निकायको निर्वाचन” -मन्त्री पाण्डे</span>

बिराटनगर असोज ६ , संघीय मामिला तथा स्थानिय विकासमन्त्री हितराज पाण्डेले आगामी चैत महिनामा स्थानिय निकायको निर्वाचन गराउन सरकारले प्रक्रिया अगाडी वढाई सकेको बताउनुु भएको छ ।

विराटनगरमा शुरु प्रदेश नम्वर–१ अन्र्तगतका स्थानिय निकायको समिक्षा गोष्ठिलाई सम्वोधन गर्दै मन्त्री पाण्डेले नयाँ संविधानको सफल कार्यान्वयका लागी तिन तहको निर्वाचन गराउन सरकार प्रतिवद्ध रहेको उल्लेख गर्नुुभयो । मन्त्री पाण्डेले आसोज महिना भित्र स्थानिय निकायको पुुर्नसंरचनाको टुुंगो लाग्ने र त्यसपछी सरकारले निर्वाचनको मिति घोषणागर्ने बताउनुुभयो । २०७४ साल माघ महिना भित्र स्थानिय , प्रदेश र संसदको निर्वाचन गराउने सरकारको लक्ष्य भएकाले निर्वाचन हुुने कुुरामा ढुुक्क रहन आग्रह समेत गर्नुुभयो । मन्त्री पाण्डेले संघियताको कार्यान्वयन प्रक्रिया शुुरु भइसकेकाले संघियताको मर्म अनुुसार विकास निमार्णका योजनाहरु बनाउनुुपर्ने बताउनुुभयो । उहाले विगतका केन्द्रिकित एकात्मक प्रणालीको सोचलाई त्यागेर प्राप्त उपलव्धी र संघियताको भावना अनुुसार विकास निर्माणको कामलाइ गति दिनुुपर्ने बताउनुुभयो । मन्त्री पाण्डेले विगत १६, १७ वर्षदेखी स्थानिय निकायको निर्वाचन नहुुदा स्थानिय निकायको कर्मचारीहरुले गरेको कामको प्रसंसा गर्दै मन्त्री पाण्डेले अव फेरी संघिय प्रदेशमा पनी त्यसैैगरी काम गरेर देखाउने वेला आएको बताउनुुभयो । स्थानिय विकास मन्त्रालयका सचिव केदारवहादुुर अधिकारीले सरकारले दिएको जिम्मेवारीलाई पुुरागर्न आफुुहरु प्रतिवद्ध रहेको बताउनुुभयो । दुुई दिनसम्म चल्ने सो गोष्ठिमा पुर्वाञ्चलका जिल्ला विकास समिति, उप–महानगरपालिका तथा नगरपालिकाका प्रमुुख तथा पदाधिकारीहरुको सहभागिता रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्