बिराटनगरमा सास्थम बेकरी क्याफे खुल्दै

<span class='c1'>बिराटनगरमा सास्थम बेकरी</span> <span class='c2'>क्याफे खुल्दै</span>

बिराटनगर असोज ७ , बिराटनगर शहरमा केही महिना यता बिकासका विभिन्न पुर्वाधार सञ्चालनमा आउने कुराले बिराटनगर बासिन्दालाई खुसीको अनुभुती गरिरहेको बेला बिराटनगरमा बेकरी प्रेमीका लागि खुसीको खबर छ । फुड प्रेमीका लागि "सास्थम बेकरी एण्ड क्याफे" बिराटनगरमा चाडै सञ्चालनमा आउने भएको छ । बिराटनगरको ट्राफिक चोकमा उक्त क्याफे सञ्चालन गर्न लागिएको क्याफेका संचालक रोसन थापाले आवर बिराटनगर डट नेट लाई बताए । उक्त बेकरी क्याफेमा बेकरी तथा कन्फेटिनरी आइटमहरु पाइने थापाले बताए । बिराटनगर मै सञ्चालनमा रहेको होटल म्यानेजमेन्ट पढाउदै आएको सास्थम कलेजमा रहेको विश्वस्तरीय मेसिन तथा फुड ल्याबमा उक्त बेकरीका लागि सामग्री उत्पादन गरिने सञ्चालक थापाले जानकारी दिए । बिराटनगरमा उपलब्ध नभएका बेकरी आइटमहरु सास्थम बेकरी एण्ड क्याफेमा उपलब्ध गराउने उदेश्यले उक्त क्याफेको परिकल्पना गरिएको थापाले बताएका छन् । तिहारबाट उक्त फ्याफे सञ्चालनमा ल्याउने तयारी भइरहेको पनि उनले जानकारी दिए ।

sastham

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्