बिराटनगर असोज ७ , बिराटनगरमा रहेको साझा प्रकाशनको पुर्वाञ्चल क्षेत्रीय कार्यालय बन्द हुने भएको छ । साझाको बिराटनगर शाखा लामो समय देखि घाटामा रहेको हुनाले बन्द हुन लागेको हो । व्यवस्थापनसम्बन्धी कमजोरी रहेको कारण शाखा घाटामा गएकाले क्षेत्रीय कार्यालय धरानमा सार्ने तयारी भइरहेको छ । साझाले नेपाली भाषा र साहित्यको बिकासमा ठुलो योगदान पुर्याउदै आएको छ । कार्यालय बिराटनगरमा बन्द गरिदा बिराटनगरको साहित्यकार र साहित्य प्रेमीलाई असर पर्ने भएको छ ।