बिराटनगरमा लाइभ डांडिया नाइट हुने

<span class='c1'>बिराटनगरमा लाइभ डांडिया</span> <span class='c2'>नाइट हुने</span>

बिराटनगर असोज ७ , अग्रवाल महिला मंचको आयोजनामा बिराटनगरमा लाइभ डांडिया नाइट हुने भएको छ । भारतको गुजरातमा नाचिने उक्त नाच बिराटनगरमा पनि मारवाडी समुदायमा निक्कै लोकप्रिय मानिन्छ । असोज १४ गते बिराटनगरको मारवाडी सेवा सदनमा बेलुकी ५ बजेबाट उक्त कार्यक्रम हुने आयोजक रेणु तोदीले आवर बिराटनगर डट नेटलाई बताउनुभयो  । उक्त कार्यक्रममा भारतीय ब्याण्डबाट सांगीतिक कार्यक्रम साथै खानाको स्टलहरु पनि हुने तोदीले बताउनुभयो। साथै उक्त कार्यक्रममा उपस्थित मध्ये भाग्यमानी व्यक्तिले बिभिन्न पुरस्कार समेत जित्न सक्ने उहाले जानकारी दिनुभयो  । अग्रवाल महिला मंचले हरेक वर्ष यस्ता कार्यक्रम गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्