नदीबाट बगेर बेपत्ता भएका गोकुल मृत फेला

<span class='c1'>नदीबाट बगेर बेपत्ता भएका</span> <span class='c2'>गोकुल मृत फेला</span>

बैतडी, ७ असोज । बैतडी र दार्चुलाको सिमा भएर बग्ने चौलानी नदीबाट बगेर बेपत्ता भएका २० वर्षीय युवक गोकुल भट्ट मृत फेला परेका छन् ।
बेपत्ता युवकलाई खोजी गर्र्दै जाँदा आज बिहान ७ बजे प्रहरीले सित्तड– ४ पन्ज्युनयाँ नजिकै चौलानी नदीको बीच भागमा मृत अवस्थामा फेला परेको दार्चुला जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक केदार खनालले राससलाई जानकारी दिनुभयो ।

युवक नदीको बीच भागको भङ्गालोमा फेला परेको भए पनि नदीको बहाव बढी भएकाले शव निकाल्न कठिनाइ भएकोे उल्लेख गर्दै प्रहरी नायब उपरीक्षक खनालले भन्नुभयो, “दुबैतिरबाट नदी बगिरहेको छ नदीको बीच भङ्गालोमा शव छ ”

बैतडी देउलेक– ६ रिखाली घर भएका भट्ट बिहीबार साँझ नुहाउने क्रममा दार्चुलाको गोकुलेश्वर– ६ भट्टेगाड नजिकै चौलानी नदीबाट बेपत्ता भएका थिए ।
गोकुलेश्वर उमाविमा कक्षा १२ मा अध्ययनरत युवक दार्चुला गोकुलेश्वर– ५ मा भिनाजुको घरमा बस्दै आइरहेका थिए । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्