विराटनगरमा पहिलो पटक बहुभाषिक मुशायरा सम्पन

<span class='c1'>विराटनगरमा पहिलो पटक</span> <span class='c2'>बहुभाषिक मुशायरा सम्पन</span>

प्रेम देवान
विराटनगर, ८ भदौ
राजनीतिक एवम् उद्योगिक नगरी विराटनगरमा पहिलो पटक बहुभाषिक मुशायरा कार्यक्रम शुक्रवार सम्पन भएको छ ।कौमि एकता समाज विराटनगरले आयोजना गरेको मुशायरमा नेपाल भारत दुवै देशका बरिष्ट शायरहरुले धार्मिक, संस्कृतिक एकताले नै राष्ट्रिय एकता र नैतिक बान समाजको निर्माण हुने किसिमको प्रस्तुती गर्नुभएको थियो । भारतका चर्चित कवि कवयत्री सुप्रिया शबनम,अकमल बलरामपुरी, चाँन्दनी सबनम, रहमान मुसौशाकिल मुबारक ,विकास बोखल, संगै नेपालका सिमा अभास, दिपक सम्चु, सुमन पोखरेल, विवस पोखरेल लगायकलेनेपाली भाषामा कविता तथा राष्ट्रियता झल्किने कविता प्रस्तुत गर्नुभएको थियो ।

त्यस्तै मैथली भाषा संस्कृति को संरक्षण तथा सम्वद्र्धनका अभियन्ता प्रविण नारायण चौधरीले मैथलीमा र लक्ष्मण नेवटियाले मारवाडी भाषाका देशमा भाइचारा अभिवृद्धी गर्न र नैतिक बान समाज निर्माणमा अधारित प्रस्तुति गर्नुभएको थियो । उर्दु संस्कृतीमा अधारित मुशायरमा पहिलो पटक समावेशी रुपमा भएको प्रस्तुतीले दर्शक हरु निकै उत्साहित भएको थियो । मध्य रात सम्म चलेको इन्डो –नेपाल मुशायरा कार्यक्रमा युवा देखि वृद्ध सम्मको सहभागिता रहेको थियो । नेपाल भारतमा पहिलो पटक आयोजित मुशाायरामा भारतीय कवि कवित्रिहरुले नेपाल भारत दुई देश भएपनि भाषा र संस्कृतिले एक भएकाले सदैव एक अर्कोको पुरक को रुपमा अग्रसर्ता देखाउनुको विकल्प भएको जस्ता प्रस्तुति रहेको थियो । कार्यक्रमको संयोजक जफर अहमद जमालीका अनुसार नेपाल भारत बिच असम्झदारी हटाउने काम समेत मुशायराले सहयोग पु¥याउने भएकाले सवैको सहयोगमा आयाोजना गरिएको बताउनुभयो । उहाले बहुभाषी कवि सम्मेलनले नैतिक बान समाज निर्माण गर्न कविताको माध्यमले संन्देश प्रभाव हुने र युवा पुस्ताले अगांल्ने भएकाले हरेक वर्ष गर्दै जाने उदेश्य बनाएको बताउनुभयो । समाजका अध्यक्ष ताजिम अन्सारीको अध्यक्षतामा भएको मुशायरा कार्यक्रममा प्रविण नारायण चौधरी , सरोज कार्की , डा जावेद अन्सारी, संञ्जु साह, मो. जाहागिर सहित आधा दर्जन लाई समाज परिवर्तनमा पु¥याएको सहयोगको कदर गर्दे सम्मान समेत गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्