मोरङ जिल्लाको बास्केटवल खेलाडी छनोट

<span class='c1'>मोरङ जिल्लाको बास्केटवल</span> <span class='c2'>खेलाडी छनोट</span>

बिराटनगर असोज ८,
मंसिर ८ देखि १५ गते सम्म पुर्वान्चलमा संपन्न हुन लागेको सातौ राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि मोरङ बास्केटवल खेलाडीहरु छनौट भएका छन । कोबास कलेज बिराटनगरको खेल मैदानमा छनौट खेलको आयोजना गरी खेलाडी छनोट थियो । छनोट खेलमा मोरङका करिव ३० जना खेलाडीहरुले सहभागिता जनाएका थिए। छनोट भएका खेलाडीहरुमा मुकेश यादव, नमन यादव, महिम दाहाल, बरुण लुइटेल, सञय कुमार चक्रवर्ति, बिबेक बस्नेत, त्रिलोक बास्तोला, निस्चल दुलाल, दिपेश कट्वाल, आशिस गङाई, रोजन दाहाल, अभिशेक भट्टराई र सोल कार्कि गरि १३ जना खेलाडी रहेका छन । छनौट भएकाहरुलाई तत्काल प्रशिक्षणको व्यावस्था गरिने र केहि दिन पछि खेलाडिको अनुसान र प्रगति हेरेर १३ जना मध्ये वाट दश जना खेलाडि मात्र क्षेत्रिय छनौट प्रतियोगिताको लागि छनौट गरिने मोरङ जिल्ला बास्केटबल टिमकि छनोट प्रतियोगिताको सम्योजक अर्चना अर्यालले जानकारी गराइन । छनौट खेल मोरङ जिल्ला बास्केटबल टिमकि छनोट प्रतियोगिताको सम्योजक अर्चना अर्यालको उपस्थितिमा भएको थियो । खेलाडि छनोट समितिमा पुर्व बास्केटवल खेलाडी अनिल राई, सरोज बस्नेत र सरोज लम्साल रहेका थिए ।

तस्वीर:
14466331_1207816305944113_500618718_o

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्