संस्थागत विद्यालयको अध्यक्षमा विष्णु डंगोल निर्वाचित

संस्थागत विद्यालयको अध्यक्षमा विष्णु डंगोल निर्वाचित

प्रेम देवान
विराटनगर, ९ असोज÷ संस्थागत विद्यालय बचत तथा ऋण सहकारी संस्था लि. विराटनगर मोरङको तेस्रो जिल्ला अधिवेशनबाट विष्णु डंगोल निर्वाचित हुनुभएको छ ।
विराटनगरमा शनिबार साझ सम्पन्न भएको अधिवेशनले डंगोलले ४८ मत प्राप्त गर्दै तीन वर्ष कार्यकालको लागि अध्यक्षमा निर्वाचित हुनुभएको हो ।
उहाँको निकटतम प्रतिद्धन्द्धी धनबहादुर राईले ८ मत मात्र प्राप्त गर्नुभएको थियो । सहकारी भित्र राम्रो पकट बनाउनुभएको नवनिर्वाचित अध्यक्ष डंगोलले जिल्लाभरीको सहकारीलाई आवद्ध गराई गोलबद्ध बनाएर अगाडी बढाउने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
अध्यक्ष र सचिब पदको लागि निर्वाचन भएको थियो । सहकारीको उपाध्यक्षमा मोहन बुढाथोकी, सचिबमा नरेन्द्रप्रसाद ढकालले ४३ मत ल्याएर निर्वाचिन हुनुभयो । यसअघि पनि सहकारीको सचिब रहनुभएको ढकालका प्रतिद्धन्द्धी दिपक घिमीरेले १२ मात्र मत प्राप्त गर्नुभयो । कोषाध्यक्षमा जयन्ती प्रधान चयन हुनुभएको छ ।
समितिको अन्य सदस्यहरुमा हिरा थापा, चन्द्रलाल मण्डल, इर्शा कटुवाल, नेत्र गडतौला, मनोज रेग्मी र सूर्य गौतम रहनुभएको छ । सहकारीको लेखा समिति संयोजकमा भत्तराज सुब्बा रहनुभएको छ भने सदस्यमा नर्बु लामा रहनुभएको छ ।
सहकारीको उद्घाटन शत्रमा बोल्दै सहभागीहरुले निजी स्कूलको साझा सहकारी संस्थागत विद्यालय बचत तथा ऋण सहकारीको पूजीको लगानि बढाएर सहकारीलाई बैंकीङ्ग प्रणालिमा लैजाउनुपर्नेमा जोड दिए । कार्यक्रममा बोल्दै प्याब्सनका केन्द्रीय सहकोषाध्यक्ष डा. उद्धब पोखरेलले निजी विद्यालयहरु आवद्ध भएको सहकारीको कारोवार कमी भएको भन्दै उहाँले पूजी र कारोबारलाई वृद्धी गरि सहकारिलाई बैकिङ्ग प्रणालिबाट अगाडि बढाउन सुझाब दिनुभयो । कार्यक्रममा पूर्वाञ्चल प्याब्सनको सल्लाकार सहकारीको कारोबार बढाएर सहकारीलाई गोलबद्ध बनाएर अगाडी बढाउनुपर्नेमा जोड दिनुभयो । उहाँले जिल्लामा निजी स्कूलको बसहरु धेरै भएको हुनाले त्यसलाई व्यवस्थीत गर्न बस व्यवसाय समिति समेत गठन गर्नुपर्ने बताउनुभयो ।
सोही अवसरमा शिक्षा क्षेत्रमा योगदान पु¥याएको भन्दै डिग्री क्याम्पस प्रमुख डा. मनोज राउतलाई कदर पत्र र दोसल्ला ओढाएर सम्मान गरिएको छ । कार्यक्रममा प्याब्सनका सल्लाकार केशवलालसिंह सुवाल, बासुदेव न्यौपाने, एन प्याब्सन मोरङका अध्यक्ष राजन छाराहाङ्ग, प्याब्सन मोरङका उपाध्यक्ष सितला सुब्बा, कोषाध्यक्ष प्रेमसिंह सुवाल, सहकारीका संस्थापक अध्यक्ष तथा सल्लाकार खम्बसिंह बस्नेत, नेपाल पत्रकार महासंघ मोरङका अध्यक्ष महेन्द्र विष्ट, प्रेस यूनियन मोरङका अध्यक्ष मिनकुमार नवदीपलगायले बोल्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्