विराटनगर असोज १० , फेसबुकमा युवाहरु माझ लोकप्रिय समूह मेन्स रुम रिलोडेड (एमआरआर) ले विराटनगरमा हिन्दी भाषालाई सरकारी कामकाजको भाषा बनाउने प्रस्ताब विरुद्ध प्रदर्शन गरेका छन् । युवाहरुले हातमा विभिन्न नाराका प्लेकार्ड लिएर सडकमा शान्तिपूर्णरुपमा प्रदर्शन गरेका थिए । उनीहरुले टिकापुरको घटनाको दोषीलाई उन्मुक्ति हैन कडा कार्वाही हुनुपर्ने, हिन्दी भाषालाई सरकारी कामकाजको भाषा नबनाइनु पर्ने मागसहित एमआरआरका युवाहरुले बिराटनगरमा पनि प्रदर्शन गरेको एमआरआरका सदस्य रोनिस श्रेष्ठले बताए । फेसबुक समूह एमआरआर सामाजिक काममा पनि अग्रसर हुदै आएको छ ।
[caption id="attachment_25686" align="alignnone" width="1280"] Photo : Sagar sincheuri[/caption]
[caption id="attachment_25687" align="alignnone" width="720"] Photo : Sagar sincheuri[/caption]