बिराटनगर असोज १० , इलाम जिल्लाको फिक्कलमा मोरङ लायन्स क्लब अफ बिराटनगर र लायन्स क्लब अफ विराटनगर युनाइटेडको संयुक्त आयोजना तथा मोरङ सहकारी अस्पतालको प्राविधिक सहयोगमा निशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको छ । शिविरमा फिजिसियन डा समीर पौडेल , स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा.बालकृष्ण शाह लगायत १४ जनाको स्वास्थ्यकर्मीहरुको टोलीले शिविर आयोजना गरेको थियो । शिविरमा २५ हजार बराबरको अौषधी निशुल्क वितरण गरिएको थियो । दुर्गम क्षेत्रमा पुगेर निशुल्क स्वास्थ्य उपचार गराउन पाउँदा खुसी लागेको लायन्स क्लब अफ बिराटनगर युनाइटेडका अध्यक्ष रोशन खड्काले बताए ।