बिराटनगर असोज ११ , पूर्वाञ्चलमा मङ्सिरमा हुने सातौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि मोरङबाट खेलाडी कार्य सम्पन्न भएको छ। मोरङ जिल्ला खेलकुद विकास समितिको आयोजनामा बिराटनगरस्थित कवडहलमा सोमबार गरिएको छनौट प्रतियोगितामा कुमुत फाईट विधामा १८ जना र काता विधामा दुई जना खेलाडी छनौट भएका छन् । जिल्लाबाट छनौट भएका खेलाडीले अब क्षेत्रीयस्तरको प्रतिस्पर्धा गरि सातौं राष्ट्रिय खेलकुद प्रतियोगितामा भाग लिन पाउने छन् ।