बिराटनगर असोज ११ , लगातारको वर्षाले बिराटनगर-१६ का ३५ घर परिवार विस्थापित भएका छन् । केशलिया खोला र फुफरी खोलाको बाढी बिराटनगर-१६ को ऋषिदेव समुदायको बसोबास रहेको सिमराही टोलमा आइतबार पसेको थियो । बाढीकम कारण केही घर भत्किएका छन् भने धेरैले घरबाट सामान निकाल्न पाएका छैनन् । उक्त टोलका बाढीपीडित अहिले बिराटनगर -१६ कै बखरी स्कुलमा शरण लिइरहेका छन् ।