बिराटनगरमा आज २५ लाख लुटपाट

बिराटनगरमा आज २५ लाख लुटपाट

बिराटनगरमा आज लुटपात भएको छ । विराटनगरको बुधहाट चौकको बि प्लट भवन छेउको स्थानबाट पार्किङ गरेर राखिएको को १ त ८०१९ नम्बरको गाडीबाट रकम लुटपाट भएको हो । नेपाल राष्ट्र बैङ्कको क्षेत्रीय कार्यालय विराटनगरमा जम्मा गर्न ल्याएको २५ लाख रकम लुटिएको जानकारी आएको छ  । प्राप्त जानकारी अनुसार तेह्रथुमको माउन्ट मकालु डेभलपमेन्ट बैङ्कबाट राष्ट्र बैङ्कमा जम्मा गर्न ल्याइएको २५ लाख रुपैया कार बाट लुटिएको हो । रकम मंगलबार दिउँसो १०:४० बजे अज्ञात समूहले लुटपाट गरेको हो । अज्ञात समूहले गाडीको शिशा फुटाई रकम लुटेको गाडीका चालकले बताए। घटनाको प्रारम्भिक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्