‘स्थानिय स्तरमा उत्पादन भएका वस्तुलाई प्रमोटेड गर्न लागेका छौं’ – शिल्पा कार्की

‘स्थानिय स्तरमा उत्पादन भएका वस्तुलाई प्रमोटेड गर्न लागेका छौं’ – शिल्पा कार्की

विराटनगरमा आगामी असोज १४ गते नमस्कार होटलमा क्रिएटिभ हेन्डसले विराटनगरमा रहेका मिस पुर्वेली सुपर मोडल देखी मिस कोशी लगायत नेपाली सिने जगतकी हट केकले परिचीत नायीका रेखा थापालाई क्याटवाकमा उतारर्दै छ । गत वर्ष पनि आयोजना गरेको क्रियटिभ नाईट शो यसपाली पनि हुदैछ ।
स्थानिय स्तरमा उत्पादन भएका कपडालाई स्वादेश तथा विदेश सम्म पुर्याउने उदेश्यका साथ नाईट्स सो गर्दै छ यसै विषयमा केन्द्रित रहेर आयोजक संस्थाकी संयोजक तथा फेशन डिजाईनर सिल्पा निराला कार्कीसंग हाम्रा सहकर्मी प्रेम देवानसंग गरिएको छोटो कुराकानीको सार ः

क्रिएटिभ नाईट २०१६ फेशन शो किन गर्न लाग्नुभएको ?
मैले हरेका एक बर्ष यस्तो कार्यक्रम गदैृ आईरहेको छु । क्रिएटिभ नाईट यस अघि पनि मैले विराटनगरमा गरिसकेको थिए । अघिल्लो वर्षमा ५ वटा सिक्वेन्समा ढाकाबाट बनेको डिजाईनलाई मात्र प्रमोटेड गरेको थिए , तर यसपाली फरक अन्य दुई वस्तुबाट उत्पादन भएको अल्लो र सिस्नोबाट बनेको कपडाको डिजाईनलाई विशेषत शोमा देखाउन खोजेको छु । अर्को कुरा म आफैले क्रिएसन गरेको पहिरानलाई मोडलहरुको माध्यमद्धारा यापमा उतार्न खोजीएकाले यो नाईट शो गर्न लागिएको हो ।

 
विराटनगरमा यस्तो शो गर्नु कतिको आवश्यक ठान्नु भएको छ ?
अवश्य पनि हामीले यहांको स्थानिय लोकल उत्पदानलाई पहिलो प्राथमिकता दिनुपर्छ । अझ यहांको बजारमा ढाका, अल्लो तथा सिस्नोबाट बनेको कपडालाई यहांको बजारले चिन्न सकिरहेको छैन सो स्वदेशमा मात्र नभई विदेशमा पनि यस्ता वस्तुलाई चिनाउनु छ । यसरी हामीले बेला मौकामा यी उत्पादनलाई प्रचार प्रसार गर्यो भने यसले निकट भविष्यमा बजार लिन सक्छ भन्ने आश गरेको छौं ।

 
क्रिएटिभ नाईट शोमा क–कस्ले सहभागिता जनाउदै छन् नी ?
पुर्व कै बहुचर्चित नेपलाी सिने जगतकी हस्ती नायिक रेखा थापा सहित विराटनगरका स्थानिय १० जना अविवाहित मोडल विभिन्न पोसाकमा ५ वटा सिक्वेन्समा क्याटवाक तथा यापमा उत्रदै छन् ।साथै नाईट शोलाई संगितमय बनाउन यहांको स्थानिय लोकल म्यूजिकल व्याण्ड स्मृती , धरानका नवराज बस्नेत, विकेश के शंकर , गौरव खतिवडा, र मञ्जील श्रेष्ठ लगायतको पनि प्रस्तुति रहेन छ ।
नायिका रेखा थापाको विशेष प्रस्तुति चाही के रहने छ नी ?
रेखा थापालाई मैले आफैले क्रिएशन गरेको विशेष रुपमा ढाका, अल्लो र सिस्नोबाट बनेको कपडाको डिजाईनमा यापमा उत्रने छिन् ।
मोडलहरुको अहिले कतिको अभ्यास गरिरहेका छन् ?कुन कुन पहिरानमा उत्रदै छन् ?
विराटनगरका १० जना मोडललाई शनिबार देखी लगातार ३ घन्टा विभिन्न यापिङ्ग क्याटवाक लगायत ५ वटा सिक्वेन्समा कोरीयो ग्राफर जतिन ताम्राकारले प्रशिक्षण दिईरहेका छन् । साथै उनीहरु विभिन्न लेङ्गा, मिनी स्कट, इभिनिङ्ग गाउन,सारी,ब्याक लेस तथा हाप पेन्टमा यापमा उत्रदै छन् ।

यहांका मोडलहरुले अवस्य नै सहभागिता त जनाउछन् नै तर उनीहरुका लागी के उपलव्धी हुन सक्छ यो शोमा भाग लिएपछी ?
पहिलो कुरो त उनीहरुको सेल्फ कन्फीडेन्ट बढ्छ , मोडलहरुलाई निशुल्क रुपमा फेशन यापिङ्ग, क्याटवाक, सिक्ने मौका पाउछन् । नेशनल लेवलको फेशन शोे तथा मिस नेपालहरु जस्ता ईभेन्टमा सर्पोट तथा अपचुनिर्टी दिने हाम्रो दायित्व रहने छ ।

 
मोफशलका मोडलहरुलाई बेला– बेलामा यस्ता फेशन शोहरुमा उतारिने गरिन्छ तर खासै व्यावसायिक हुन सकिरहेका छैनन् किन ?
मेरो विचारमा अहिले सम्म विराटनगर भनेको उद्योग, कलकारखाना, व्यापार –व्यावशायमा मात्र केन्द्रित छन् । खासै यहाको जनताहरु फेसन प्रति मनै नभएर पो होकी । विराटनगरमा एक सा एक मोडल छन् तर मोडलिङ्ग पेशामा लाग्नको लागी कुनै वाताबरण नै छैन कसरी व्यावसायिक हुन सक्छन् त । अब विराटनगरलाई पनि धरान, काठमान्डौ र पोखरा जस्तो फेशनको शहर भनेर चिनाउन सक्नु पर्यो । यहांको स्थानिय मोडलहरुलाई पनि राष्ट्रिय स्तर लेवल सम्म पुर्याउन सवैले पहल गर्न सक्नु पर्यो । बेला बेलमा फेशन शोहरु गरिराख्नु पर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्