धादिङको मार्पाकमा बस दुर्घटना, मृतको संख्या १७ पुग्यो

<span class='c1'>धादिङको मार्पाकमा बस दुर्घटना,</span> <span class='c2'>मृतको संख्या १७ पुग्यो</span>

लेखु धादिङ, ११ असोज । धादिङबेँसीबाट किन्ताङ फेदीतर्फ गइरहेको बस मार्पाक गाविसको पन्तटार नजिकै आज दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ ।

बा ३ ख ३३१८ नं को बस पल्टिएर दुर्घटना हुँदा १७  जनाको शव फेला परेको, १२ जनाको उद्धार गरिएको र अन्यको खोजी कार्य भइरहेको प्रहरी नायव उपरीक्षक दीपेन्द्र पञ्जियारले जानकारी दिनुभयो ।

मृतक मध्य  मार्पाक गाविस वाडा नंम्वर ५का पदम वहादुर मगर र कमली मगरको पहिचान खुलेको छ । र विन्जु मगरलाई हेलिकप्टर वाट उपचारका लागि काठमाडौँ ल्याईएको छ ।

पहिरो झरेको बाटाबाट बस पल्टिएर करिब २०० मिटर तल आँखु खोलामा खसेको बताइएको छ । बसमा कति यात्रु सवार थिए भन्ने यकिन नभएको नेपाल रेडक्रस सोसाइटी धादिङ शाखाका पूर्वसभापति केशरीप्रसाद पन्तले बताउनुभयो ।

पहिरो पार गर्न लाग्दा बस पल्टिएर खसेको थियो । बसमा सरकारले भूकम्प प्रभावितलाई उपलब्ध गराएको रकम लिएर घर फर्कदै गरेका ५० भन्दा बढी यात्रु सवार रहेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्