बिराटनगरमा दुध बनाउन प्रयोग गरिने दुध पाउडरमा किरा !!

<span class='c1'>बिराटनगरमा दुध बनाउन प्रयोग गरिने</span> <span class='c2'>दुध पाउडरमा किरा !!</span>

बिराटनगर स्थित विराटनगर दुग्धवितरण आयोजनामा दुध बनाउन प्रयोग गरिने दुध पाउडरमा किरा भेटीएको छ । बाणिज्य कार्यालयको नेतृत्वमा गएको अनुगमन टोलिले अनुगमन गर्दा पाउडरमा किरा भेटिएको हो । अनुगमन टोलिले दुग्धविकास संस्थानको प्रयोगशाला,भण्डारकक्ष र उत्पादनकक्षको अनुगमन गरेको थियो । पाउडरमा किरा भेटिएसंगै गोदाम र उत्पादनकक्षमा लापर्बाही गरेको भन्दै संबन्धित कर्मचारीलाई कारवाही गर्न संस्थानलाई टोलिले निर्देशन दिएको छ । उत्पादन र भण्डारन कक्षमा फोहर देखिएको भन्दै टोलिले उक्तकक्षहरुमा एप्रोन,पन्जा प्रयोग गर्न निर्देशन दिएको छ । अनुगमन टोलिकी सदस्य तथा कन्जुमर आइ नेपालकी अध्यक्ष विमला खनालले अनुगमनका क्रममा किरा भेटिएको र अव केही हप्तामै सुधार नभए कार्वाही गरिने बताउनु भयो ।  संस्थानमा भेटिएको किरासहितको पाउडरको बोरा नष्ट गरिएको छ । उक्त वितरण केन्द्रले दैनिक २५ सय लिटर दही ,१० हजार लिटर दुध,१ हजार किलो पनिर दैनिक उत्पादन गर्दे आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्