पत्रकार अजित तिवारी सम्मानित

<span class='c1'>पत्रकार अजित</span> <span class='c2'>तिवारी सम्मानित</span>

सहरी विकासमन्त्री अर्जुननरसिंह केसीले नयाँ संविधानमा छुटेका विषयलाई सम्वोधन गर्न सरकार सर्वपक्षिय छलफलमा जुटेको बताउनु भएको छ ।
नेपाल प्र्रेस युनियन मोरङले आज विराटनगरमा गरेको रमाप्रसाद–मायादेवी रिजाल पत्रकारिता पुरस्कार वितरण सभालाई सम्बोधन गर्दै मन्त्री केसीले संविधानप्रति असन्तुष्टि जनाइरहेका मधेशी मोर्चा र थरुहटको माग पुरा गर्न सरकारले सवै दलहरुसँग निरन्तर छलफल गरिरहेको बताउनुभयो । मन्त्री केसीले संविधानलाई सर्वस्वीकार्य बनाउन दशैं अघि नै संविधान संशोधन प्रकृया अगाडि बढाइने जानकारी समेत दिनुभयो । उहाँले तराई मधेशलाईलाई दुखी बनाएर सिंगो नेपाल खुशी नहुने भन्दै सवैको भावना समेटेर संविधान कार्यान्वयन गर्न सरकार लागिपरेको बताउनुभयो ।
मन्त्री केसीले २०७४ माघ सम्ममा तीनै तहको निर्वाचन नगराए संविधान संकटमा पर्ने भएकाले निर्वाचन आवश्यक रहेको बताउनुभयो । मुख्य तीनदलले संविधान जारी गरेकाले यसको कार्यान्वयनका लागि पनि दलहरुबीचको एकता जरुरी रहेकोमा उहाँले जोड दिनुभयो ।

प्रेस युनियन मोरङले स्थापना गरेको रमाप्रसाद मायादेवी रिजाल पत्रकारिता पुरस्कार विराटनगरका पत्रकार अजित तिवारीलाई प्रदान गरिएको छ ।
आज बिहान भएको कार्यक्रममा सहरी विकास मन्त्री अर्जुननरसिंह केसीले १० हजार १ सय ११ राशीसहितको पुरस्कार तिवारीलाई प्रदान गर्नुभयो । कार्यक्रममा सांसद अमृत अर्याल, पत्रकार महासंघ मोरङका अध्यक्ष महेन्द्र विष्ट, प्रेस युनियनका पूर्वाञ्चल संयोजक लिलाबल्लभ घिमिरे, प्रेस युनियन मोरङका अध्यक्ष मीनकुमार श्रेष्ठ, प्रेस युनियनका सल्लाहकार अनन्तराज न्यौपाने र कुमोद अधिकारी लगायतले पुरस्कृत तिरवारीलाई शुभकामना दिनुभयो । तिवारी नागरिक दैनिकमा आवद्ध हुनुहुन्छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्