मुटु दिवसकोअबसरमा रङ्गियो विराटनगर

<span class='c1'>मुटु दिवसकोअबसरमा</span> <span class='c2'>रङ्गियो विराटनगर</span>

प्रेम देवान

विराटनगर १२ असोज । विश्व मुटु दिवसको अवशरमा विराटनगरमा  विविध कार्यक्रम आयोजना गरिएको छ ।
मिशन नेपाल, नेपाल हर्ट फाउण्डेशन, लायन्य अफ विराटनगर यो×ङ्गहार्ट तथा जिल्ला युवा संजाल मोरङको आयोजनमा विराटनगरमा अलाईभ पद यात्रा गरीएको छ ।

dsc_0561
विराटनगरको नमस्कार होटलमा  विहानै देखी विभिन्न संघ सस्थाका प्रतिनिधी तथा युवाहरुको बाक्लो मात्रमा उपस्थित रहेको थियो । पदयात्रा विराटनगरको ट्राफिक चोक महेन्द्र चोक शनि मन्दिर हुदै जलजला चोकबाट पुन नमस्कार होटलमा पुगी कोण सभामा परिणत भएको थियो ।
कोणसभामा मुटुरोग विशेज्ञ डा. शंकर प्रसाद अधिकारीले हाम्रो मुटुलाई स्वथ्य राख्न खानपिनमा ख्याल गर्नु पर्ने बताउनुभयो । उहांले मुटुलाई स्वथ्य राख्न दैनिक २० देखी ३० मिनेट हिड्नु पर्नेमा जोड दिए । यसैविच आयोजक संस्थाका संयोजक रंजन कुमार शाही राष्टप्रेमीका अनुसार मुटुलाई स्वथ्य राख्न आफु स्वयम सचेत हुनु पर्नेमा जोड दिए । उनले पछिल्लो समय नेपालमा पनि ७ देखी ८ प्रतिशत नेपालीहरुमा मुटु रोगीहरु भेटिने गरेको बताए । विश्वमा हरेक सेक्टेम्बर २९ तारिखका दिन यो दिवस मनाईने गरीन्छ । यसपाली मुटुमा उर्जा भर जीवनमा शत्ती बढाउ भन्ने मुल नारा तय गरिएको थियो । कार्यक्रममा लायन्स क्लव योङहार्टका अध्यक्ष निस्चल श्रेष्ठ, लायन्स क्लव प्रथम उपाध्यक्ष लिला ढुङ्गेल, संन्जु शाह, कार्यक्रयका प्रायोजक अलाइभ फर्मासिटीकल प्रा.ली विराटनगरका श्याम शाहले बोल्नुभएको थियो ।
मुटु दिवसको अबसरमा विराटनगरमा अभाव भईरहेको रगतलाई मध्यनजर गर्दै रत्तदान पनि गरिएको मिशन नेपालकी सस्दय अम्बिका घिमीरेले जानकारी दिईन् ।dsc_0517

मुटु दिवसलाई विराटनगरमा रहेका राष्ट्रिय युवा परिषद, नेपाल रेडक्रस सोसाईटी, सयुक्त टोल नगर समन्वय समिती, लियो डिष्ट्रीक ३२५ एवान्, युवा अभियान, मेरी स्टोप, लियो क्लव अफ विराटनगर यो×ङहार्टको सहकार्यमा करीब एक हजार भन्दा बढीको सहभागीता रहेको युवा संजालका मनिल दाहालले बताए ।

तस्वीर ः प्रेम देवान आवर विराटनगर नेट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्