ज्येष्ठ नागरिक जिल्ला संघको दोश्रो साधारण सभा सम्पन्न

<span class='c1'>ज्येष्ठ नागरिक जिल्ला संघको</span> <span class='c2'>दोश्रो साधारण सभा सम्पन्न</span>

बिराटनगर असोज १४, ज्येष्ठ नागरि जिल्ला संघ मोरङको दोश्रो साधारण सभा एक कार्यक्रमका बीच विराटनगरमा विहीबार सम्पन्न भएको छ । मोरङ जिल्ला भित्रका नौ वटै निर्वाचन क्षेत्रका ज्येष्ठ नागरिकको क्षेत्रमा कार्यरत विभिन्न संघ संस्थाका १५० ज्येष्ठ नागरिकहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा प्रमुख अतिथि सर्वोच्च अदालतका पूर्व न्यायधिश मोहन प्रकाश सिटौला, वशिष्ठ अतिथि महिला तथा बालबालिका कार्यालयका कार्यालय प्रमुख दुर्गा भण्डारी (बराल) र जिल्ला संघका सबै क्षेत्रका अध्यक्षहरु रहनु भएको थियो । सो कार्यक्रम जगत प्रसाद अर्यालको अध्यक्षतामा भएको थियो ।

कार्यक्रममा ६ जना ज्येष्ठ नागरिकहरुलाई दोसल्ला ओडाएर सम्मान, मन्तव्य र भजन गरिएको थियो । उक्त साधारण सभाले विधान संशोधन गर्नका साथै सामावेशी रुपमा २७ सदस्यीय नयाँ कार्य समिति चयन गरेको छ । सो समितिको कार्य अवधि ३ वर्षको रहने छ । नयाँ कार्य समितिमा अध्यक्ष जगतप्रसाद अर्याल, उपाध्यक्ष ४ जनामा खगेन्द्र निरौला, भुवनसिंह राई, नारायणप्रसाद चुडाल, गोमा भण्डारी, कोषध्यक्ष मणिकुमार अज्र्याल, सचिव यज्ञेश्वर निरौला, सह–सचिव बिष्णुकुमार परियार र १९ जना कार्यसमिति सदस्यहरु चयन भएको छ । जसमा हरिप्रसाद भट्टराई, राधा पाठक, सुर्य प्रसाद नेउपाने, सोमनाथ भट्टराई, कुलबहादुर सुवेदी, टेक बहादुर थपलिया, रामकुमार कार्की, नारायण प्रसाद चुडाल, राजकुमारी भट्टराई, दयानाथ नेपाल, शान्तिराम पौडेल, भगिरथ अर्याल, उद्धव कार्की, सोभित बहादुर बस्नेत, इन्द्रप्रसाद वराल, विनोदकुमार लामिछानेरानामगर, अम्बिका ढकाल, मदनप्रसाद आचार्य, हरिप्रसाद जम्मरकट्टेल र सतनारायण साह रहेका छन् ।
साधारण सभामा निर्वाचन समितिमा संयोजक उत्तम चौलागाई, भोला निरौला र महेन्द्र ढुङ्गाना रहनु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्