” सफल हुन सम्बन्ध विस्तार गर्ने खुबी हुनु जरुरी छ” – रोशन खड्का

<span class='c1'>” सफल हुन सम्बन्ध विस्तार गर्ने खुबी</span> <span class='c2'>हुनु जरुरी छ” – रोशन खड्का</span>

बिराटनगर, आश्विन १४ , बिराटनगरमा हरेक अंग्रेजी महिनाको अन्तिम बिहिबार हुने ” लास्ट थर्सडे ” कार्यक्रम सम्पन्न भएको छ । बिराटनगर स्थित श्रीकृष्ण पार्टी प्यालेसका प्रोप्राइटर तथा लाइन्स क्लब अफ बिराटनगर युनाइटेडका प्रेसिडेन्ट रोशन खड्कासंग बिराटनगरका युवाहरूको अन्तरक्रिया भएको थियो । उनले कसरी एउटा सानो टेन्ट हाउसबाट सुरु गरिएको ब्यापारलाइ आज यो अवस्थासम्म पुर्याउन सफल भए भनेर युवाहरु माझ आफ्नो जीवनको उतार-चडावको अनुभब साटेका थिए l अन्तरक्रियामा खड्काले युवाहरुलाई सोच, लगन र मेहेनत नै सफलताको कुंजी हो भनेर बताए । सेवामुलक व्यापारमा सफल हुनको निम्ति सम्बन्ध विस्तार गर्ने खुबी राम्रो हुनुको साथै सेवाको स्तर राम्रो हुन जरुरी छ l साथै आफ्नो कर्मचारी नै व्यावसाय सफलताको मुख्य आधार भएकोले उनीहरुलाई राम्रो ब्यावहार गर्न पनि जरुरी छ भनेर जानकारी गराए l हाल आफुले २५ जना व्यक्तिहरुलाइ रोजगारी सिर्जना गर्न सफल भएको र आउदो दिनमा होटल संचालन गरि आफ्नो सेवालाई थप अगाडी बढाउने कुराको जानकारी गराए l नमस्कार होटलको प्रांगणमा आयोजित कार्यक्रममा ७० जना सहाभागीहरुको सहभागिता रहेको थियो l बिकल्प एन अल्ट्रनेटिब , मकालु टिभी, मेरिल्याण्ड कलेज बिराटनगर (बिबिए) र होटल नमस्कारको आयोजनामा यो कार्यक्रम संचालन गरिदै आएको छ । यस कार्यक्रमको मिडिया पार्टनर आवर बिराटनगर डट नेट रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्