बिराटनगर असोज १६ , विराटनगर उपमहानगरपालिकाका कार्यकारी अधिकृत गोपाल रेग्मीको सरुवा भएको छ ।उनको सरुवा सिदार्थ नगरपालिका भैरहवामा भएको हो । विराटनगरको नयाँ कार्यकारी अधिकृतमा स्थानीय विकास मन्त्रालयका सह सचिव दिपक कोइराला पदस्थापन भएर आएका छन् ।मोरङका स्थानीय विकास अधिकारी नारायणप्रसाद मैनालीको जिल्ला विकास समिति मकवानपुर सरुवा भएको छ । मोरङको स्थानीय विकास अधिकारीमा मन्त्रालयबाटै उप सचिव शोभाकार रेग्मीको काज सरुवा भएको छ । बिराटनगरको बिकास निर्माणको कामलाई लिएर रेग्मीको आलोचना भईरहेको थियो ।