काठमाडौंबाट बागलुङ जाँदै गरेको बस दुर्घटना,२५ घाइते

काठमाडौंबाट बागलुङ जाँदै गरेको बस दुर्घटना,२५ घाइते

पोखरा। काठमाडौंबाट बागलुङ जाँदै गरेको बस पोखरा २७ हेम्जाको याम्दी पुल नजिकै दुर्घटना भएको छ।दुर्घटनामा परी करिब २५ जना यात्रु घाइते भएका छन्। घाइते मध्ये एक जनाको अवस्था गम्भीर रहेको प्रहरीले जानकारी दिएको छ।

काठमाडौंबाट बाग्लुङ बुर्तिबाङ गइरहेको ढोरपाटन यातायात ब्यबसायी संघद्वारा सञ्चालित ग.१ ख.६१६९ नम्बरको रात्री बस याम्दी पुलभन्दा केही माथि दुर्घटनामा परेको हो।पोखराबाट बाग्लुङ तर्फ नै गइरहेको अर्को एक बसलाई ओभरटेक गर्ने क्रममा बस अनियन्त्रित हुँदा बिहानीपख दुर्घटना भएको स्थानीयवासीले जानकारी दिएका छन्।तिव्र गतिमा भएको बसले घुम्तीमा ओभरटेक गर्न खोज्दा बस अनियन्त्रित भई दुर्घटना भएको  प्रहरीको भनाई छ ।बस पल्टिएलगत्तै सँगै गइरहेको अर्को बसका चालक तथा यात्रुहरुले उद्धार गरेका कारण घाइतेहरुको समयमै उद्धार भएको प्रहरीले जानकारी दिए।घाइतेहरुलाई उपचार पोखराको मणिपाल शिक्षण अस्पताल र पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा भईरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्