सफारी चालकले आन्दोलन गर्ने

सफारी चालकले आन्दोलन गर्ने

 विराटनगर, १७ असोज
संयुक्ति सिटी सफारी चालक संघ मोरङले आफ्ना विभिन्न ४ सुत्रिय माग पुरा नभए आन्दोलन गर्ने भएको छ । विराटनगरमा सोमबार पत्रकार सम्मेलन गरी चालक संघले नगरभित्रको कुनैपनि क्षेत्रमा सिटी रिक्सा चलाउन पाउनुपर्ने, ५ सय र १५ सयसम्मको जरिमाना तुरुन्त बन्द गरिनुपर्ने, सिटी रिक्सा विक्री वितरण बन्द गरिनुपर्ने र विराटनगर उपमहानगरपालिकाले प्रत्येक सिटी रिक्साबाट लिएको ३ जार शुल्कको विवरण सार्वननिक गर्नुपर्ने माग गरेको हो । आफ्ना माग पुरा नभए १९ गतेदेखि चक्काजाम लगायतका आन्दोनका कार्यक्रम गरिने सद्भावना इरिक्सा मजदुर मञ्च मोरङका अध्यक्ष विनोद रौनियारले बताउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्