६ नम्बर वा संञ्जालमा अम्बिका घिमीरे

<span class='c1'>६ नम्बर वा</span> <span class='c2'>संञ्जालमा अम्बिका घिमीरे</span>

प्रेम देवान
विराटनगर १७ असोज ।

जिल्ला युवा संजाल वडा स्त्तरीय समिती गठन गरिएको छ । सोमबार भएको ६ नम्बर वडा स्त्तरीय समितीमा अम्बिका घिमीरेको अध्यक्षतामा ११ सदस्य समिति चयन भएको छ । समितीको उपाध्यक्षमा पुजा लम्साल सचिवमा सन्तोष पासवान सह – सचिवमा प्रतिविम्ब चौधरी र कोषाध्यक्षमा सृजना गिरी चयन भएका छन् ।

यसैगरी संजालको सदस्यहरुमा स्वास्तीका गुरुङ्ग, महिम अंसारी, रितु मण्डल, सोनु पासवान,अजिम घिमीरे र विकास निरौला रहेका छन् ।
संजालमा निर्वाचित भएका सबै पदाधिकारीहरुलाई कार्यक्रमका प्रमुख अतिथी केदार कार्कीले शुभकामना व्याक्त गर्दै आगामीदिनहरुमा युवाहरु ससक्त भएर देश निर्माणमा लाग्नु पर्नेमा जोड दिनुभयो । संजालको अध्यक्षमा निर्वाचित अम्बिका घिमीरेले हामीहरु खेरा गईरहेको समयलाई वडा, टोल तथा समाजमा राम्रा काम– कार्य गर्न तर्फ अग्रसर भएर लाग्ने प्रतिवद्धता जाहेर गरिन् ।
कार्यक्रमा जिल्ला युवा संजालका अध्यक्ष रञ्जन कुमार शाही (आर. के राष्ट्रप्रेमी ) महासचिव तुलसी साह, सदस्य देव चन्द्र घिमीरे, हेमन्त परासर, राकेश रोसन, तथा वडा नागरिक मंचका विमला तिवारी वडा सचिव लगायतले शुभकामना दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्