निर्वाचनसम्बन्धी तीनवटा विधेयक आज संसदमा पेस हँदै

<span class='c1'>निर्वाचनसम्बन्धी तीनवटा विधेयक आज</span> <span class='c2'>संसदमा पेस हँदै</span>

सरकारले निर्वाचनसम्बन्धी तीनवटा विधेयक आज संसदमा पेस गर्ने भएको छ । गृह मन्त्रालयले निर्वाचन आयोगको काम, कर्तव्य र अधिकारसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, राजनीतिक दलसम्बन्धी कानुन संशोधन र एकीकरण गर्न बनेको विधेयक र मतदाता नामावलीसम्बन्धी कानुन संशोधन र एकीकरण गर्न बनेको विधेयक सदनमा पेस गर्न लागेको हो । संसदमा विधेयक पेश भएपछि त्यसको पारित प्रक्रिया अघि बढ्नेछ । आज दोस्रो बैठक बसेर विधेयकमाथि छलफल अघि बढाउने तयारी संसद सचिवालयले गरेको जनाएको छ । विधेयकमा निर्वाचनको मिति तोक्ने प्रावधान, दलहरु सम्बन्धि व्यवस्था र मतदाताको विषयमा उल्लेख गरिएको छ । ती विधेयक पारित भएपछि निर्वाचन आयोगलाई स्थानिय निकायको चुनावका विषयमा तयारी गर्न बाटो खुल्नेछ । संसद सचिवालयमा दर्ता भएको निर्वाचन आयोगको काम, कर्तव्य र अधिकारसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा आयोगको परामर्शमा सरकारले नै निर्वाचनको मिति तोक्ने व्यवस्था प्रस्तावित छ । राजनीतिक दलसम्बन्धी विधेयकले नयाँ दल दर्ताका लागि कम्तीमा ५ सय मतदाताले दलको सदस्य प्राप्त गरेको प्रतिबद्धतापत्र र उनीहरूको नागरिकता वा मतदाता परिचयपत्रको प्रतिलिपिसहितको हस्ताक्षर आवश्यक पर्ने व्यवस्था प्रस्तावित रहेको बुझिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्