दशैंमा यात्रुको चाप हुने मुख्य तीन दिन आगामि बिहीबारदेखि शनिबारसम्म थप हजार बस थपिने भएको छ । नेपाली हरुमा महान पर्व दशैंमा घर जाने यात्रुको सँख्या बढि भएका कारण यात्रुलाई सुविधा होस भनि निजी व्यवसायीले हजार बस थप्ने निर्णय गरेका हुन ।
यात्रुको चापअनुसार यातायात व्यवसायीले बस थप्न नमानेपछि सरकारले सयवटा बस थप्ने निर्णय गरेसँगै निजी व्यवसायी तातेका हुन् । यात्रुको चापअनुसार दशैमा बसको संख्या थप्न निजी क्षेत्रले रोखेको माग सरकारले पुरा नगरी आफैँ बस सञ्चालन गर्ने निर्णय गरेपछि व्यवसायीले लामो दूरीमा तीन दिनमा हजार बस थप्ने घोषणा गरेको छ । बस थप्न लाग्ने अतिरिक्त खर्च महासंघले व्यहोर्ने सर्तमा व्यवसायी बस थप्न तयार भएका हुन् ।