कांग्रेसमा मनोनयन दशैंपछि मात्र

<span class='c1'>कांग्रेसमा मनोनयन</span> <span class='c2'>दशैंपछि मात्र</span>

प्रबिन दाहाल

काठमाण्डौ ,असोज २०
कांग्रेसमा पदाधिकारी मनोनयन दशैं अघि नहुने देखिएको छ ।कांग्रेस सभापति शेरबहादुर देउवाले दशैंअघि मनोनयन नहुने बताएका छन ।
सभापति देउवाले लामो समयदेखि दशैंअघि नै पदाधिकारी मनोनयन गर्ने तयारी गरे पनि अन्तिम समयमा उनी पछि हटेका हुन् । स्रोतका अनुसार आकांक्षीहरुलाई मिलाउन नसकेपछि उनी पछि हटेका हुन् ।
महाधिवेशन भएको सात महिना वितिसक्दा पनि सभापति देउवाले एक उपसभापति महामन्त्री र सहमहामन्त्री मनोनयन गरेका छैनन् । सभापति देउवाले दशैंअघि महामन्त्री, सहमहामन्त्री र प्रवक्ता मनोनयन गर्ने र त्यसपछि उपसभापति मनोनयन गर्ने तयारी गरेका थिए । तर, उपसभापतिको आकांक्षी मिलाउन कठिन भएपछि उनले अन्य पदाधिकारी मनोनयन पछि सारेको श्रोतले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्