विराटनगरमा वाइल्ड रिपर्सको डान्स हुने

<span class='c1'>विराटनगरमा वाइल्ड रिपर्सको</span> <span class='c2'>डान्स हुने</span>

बिराटनगर असोज २० , भारतीय टेलिभिजन च्यानल स्टार प्लसबाट प्रशारण हुने डान्स रियालिटि शो डान्स प्लसमा दोस्रो स्थान प्राप्त गर्न सफल नेपालको डान्स ग्रुप "वाइल्ड रिपर्स" को बिराटनगरमा शो हुने भएको छ । ड्रिम्स् डान्स एण्ड फिटनेस सेन्टरको आयोजनामा असोज २२ गते शनिबार कार्यक्रम हुन लागेको हो । दशै म्युजिकल हङ्गामा नाम दिइएको उक्त कार्यक्रममा वाइल्ड रिपर्स साथै अन्य डान्सरहरुले पनि डान्स प्रस्तुत गर्ने आयोजक पुरु अग्रवालले आवर बिराटनगर डट नेटलाई बताए । बिराटनगरको विरेन्द्र सभागृहमा उक्त कार्यक्रम शनिबार २ बजेदेखि हुने अग्रवालले बताए । दशैंको माहोलमा बिराटनगरका युवालाई तताउन यस कार्यक्रम सफल हुने आयोजकको दाबी छ । कार्यक्रमको मुख्य प्रायोजक महाबिर अटोमोबाइल्स रहेको छ भने मिडिया पार्टनरको रुपमा आवर बिराटनगर डट नेट रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्