बिराटनगर असोज २१, केहिबेर अघि टंकीसिनवारीको हुलास वायर उद्योग अगाडि रोकी राखिएको भारतीय लहरीसंग ठोक्किएर बिराटनगरबाट इनरुवा गइरहेको बसमा सवार १८ जना यात्रु घाइते भएका छन् । ना ४ ख ६०८० नम्बरको बस दुर्घटनामा परेको हो । घाइतेहरुको नोबेल अस्पताल र बिराट अस्पतालमा उपचार भइरहेको छ भने २ को अवस्था गम्भीर रहेको जिल्ला ट्राफिक प्रमुख धनप्रसाद शिवाकोटीले आवर बिराटनगरलाई जानकारी दिनुभयो । प्रत्येक्षदर्शी अनुसार धेरै घाइतेहरुको अवस्था नाजुक रहेको छ । थप विवरण आउन बाकी ।