आजदेखि पूर्वबाट पनि मनसुन सकिने

<span class='c1'>आजदेखि पूर्वबाट पनि</span> <span class='c2'>मनसुन सकिने</span>

आजदेखि पूर्वबाट पनि मनसुन सकिने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पूर्वी क्षेत्रबाट मनसुन आज बाहिरिने र बेलुका मनसुन सकिएको घोषणा गर्ने तयारी गरेको महाशाखाले जनाएको छ ।
गएको वर्षभन्दा यो वर्ष मनसुन २० दिन लम्बिएको हो । दुई वर्षअघि सन् २०१३ मा पनि मनसुन २३ दिन लम्बिएको थियो । यसपाली मनसुनमा औषत पानी परेको महाशाखाले जनाएको छ । अरु ठाउँको तुलनामा पूर्वी तराईको विराटनगरमा कम पानी परेको छ । त्यहाँ औषतमा १५ सय मिलिमिटर पानी पर्नुपर्नेमा ८० प्रतिशत मात्र पानी परेको महाशाखाले जनाएको छ ।
यस्तै, पश्चिमका पोखरा र भैरहवामा औषतभन्दा १० प्रतिशत कम पानी परेको छ । आइतबार देशका धेरै ठाउँको मौसम भने सामान्य रहने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्