आश्विन ३०, दसैं मनाउन गृहनगर धनुषा गएको मौका छोपी कांग्रेस नेता एवं सांसद रामकृष्ण यादवको डेराबाट तीन लाख बराबरको धनमान चोरी भएको छ ।
दसैं मनाएर शनिबार राजधानीस्थित मिनभवन डेरामा फर्कंदा चोरी भएको थाहा भएको हो । यादवका अनुसार ८० हजार नगद, डेढ/डेढ तोलाका दुई सिक्री, एक ल्यापटप चोरी भएको हो ।
चोरी भएको थाहा पाउनसाथ यादवले प्रहरीलाई जानकारी गराएका थिए ।