बिराटनगर पुष्पलाल चोकको बाटो धस्न थाल्यो

बिराटनगर पुष्पलाल चोकको बाटो धस्न थाल्यो

बिराटनगर कार्तिक १ , बिराटनगरको पानीटंकी-पुष्पलाल चोकको केही महिना अघि मात्रै बिराटनगर उपमहानगरपालिकाले निकै तामझामका साथ बनाएको सडक ठाउँ-ठाउँमा धस्न थालेको छ। बिराटनगर-१ बुद्ध चोकको राधाकृष्ण मन्दिर अगाडिको सडक धस्न थालेपछि स्थानीयहरु आक्रोशित भएका छन् । हाम्रा पाठक तथा स्थानीयबासी सुमन पौडेलले हामीलाई उक्त सडकको तस्बिर साथै जानकारी पठाउनु भएको हो । उक्त सडक यस अघि पनि ठाउँ ठाउँमा प्वाल परेको समाचार आवर बिराटनगर डट नेटले प्रकाशित गरेको थियो । सडक निर्माणमा अनियमितता भएको र सडक कमजोर रहेको स्थानीयले बिराटनगर उपमहानगरपालिकालाई आरोप लगाए । उक्त सडकमा केहि दिन अगाडी मात्रै २ वटा मोटरसाइकल दुर्घटना भएको स्थानीय सुमन पौडेलले बताउनुभयो । सडक बनाएको केही महिना मै सडक भत्किएपछि यसको जिम्मेवारी बिराटनगर उपमहानगरपालिकाले लिनुपर्छ र जनतालाई जवाफ दिनु जरुरी छ ।road-puspa

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्