सुदूरपश्चिममा आज बिहान ४ रेक्टर स्केलको भूकम्प

सुदूरपश्चिममा आज बिहान ४ रेक्टर स्केलको भूकम्प

काठमाडौं, कार्तिक १

सुदूरपश्चिममा भूकम्पको धक्का महशुस गरिएको छ । सीमा पारी भारतमा सोमबार बिहान सवा ६ बजे ४ रेक्टर स्केलको भूकम्प गएको र त्यसकै धक्का सुदूरपश्चिममा महशुस भएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । केन्द्रका अनुसार दार्चुलाबाट ३५ किलोमिटर भारतको सिमानामा भूकम्म गएको हो । अहिलेसम्म भूकम्पले क्षति पुराएको बारे कुनै जानकारी नआएको पनि केन्द्रले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्