“मङ्सिरमा “तुलसी” संग मेरो बिवाह हुन्छ ” – बिमलेस अधिकारी

“मङ्सिरमा “तुलसी” संग मेरो बिवाह हुन्छ ” – बिमलेस अधिकारी

बुवा सुरेश कुमार अधिकारी र माता सुमित्रा अधिकारीको कोखबाट बिराटनगरमा जन्मिएका बिम्लेश अधिकारी नेपाली रजतपथमा एक सशक्त युवा कलाकारको रुपमा उदाउदै आएका छन् । सानैदेखि कला क्षेत्रमा रुची भएका उनि अहिले आफ्नो २ वटा चलचित्रको रिलिजको पर्खाईमा रहेका छन् । यसै सन्दर्भमा आवर बिराटनगर डट नेटका बिबेक दाहालले उनीसंग गरेको कुराकानी : 

१) तपाईले कहिलेबाट यो क्षेत्रमा लाग्ने सोच बनाउनु भयो ?

म सानै देखि कला क्षेत्रमा रुची राख्दथे , सानोमा पेन्टिङ गर्न खुब रुचाउने , अभिनयमा पनि रुची राख्थे । त्यो बेला भारतीय टेलिभिजनमा आउने बिभिन्न कार्यक्रमले मलाई यो क्षेत्रमा लगाव बढाएको थियो । बिस्तारै बिराटनगरका अग्रज दाजुहरु तथा साथीभाई सबैको प्रेरणा र साथले मलाई यो कला क्षेत्रमा आउन मदत गर्यो ।

 

२) पहिलोपटक मोडलिङ गर्दाको क्षण सम्झिनु हुन्छ ?

मैले पहिलोपटक काठमाडौंमा एउटा फेसन शोमा मोडलिङ गरेको थिए , रमाइलो पक्ष के थियो भने मलाई त्यो दिन स्टेज अगाडी त्यति धेरै मान्छे देखेर जीवनमा कहिलै अब आउदिन भनेर कान समातेको थिए तर स्टेजमा गएपछि मेरो सबै डर मनबाट हरायो र त्यहि दिनदेखि मैले म कलाकारिताको लागि जन्मेको हु र यो क्षेत्रमा नै भबिस्य खोज्छु भन्ने निधो गरे ।

 

३) बिराटनगरको युवालाई कत्तिको स्ट्रागल गर्नुपर्यो काठमाडौमा गएर यो क्षेत्रमा लाग्न ?

गाह्रो त थियो नै , मेरो कोहि चिनजानको हुनुहुन्नथियो यो क्षेत्रमा । एक्लै भए पनि संघर्स गर्दै गए र आफ्नो क्षमताले आज यहाँ सम्म आउन सफल भएको छु।

 

४) नेपाली चलचित्र क्षेत्रलाई कसरी हेर्नुहुन्छ ?

नेपाली मोडलिङ र चलचित्र क्षेत्रमा धेरै सुधार आएको छ पछिल्ला केहि वर्षहरुमा । यो क्षेत्रमा पनि नया टेक्नोलोजीको प्रवेश भएको छ , युवा कलाकार तथा निर्देशकको आगमनले यो क्षेत्र उकालो लाग्ने अवस्थामा आएको छ अहिलेको अवस्थामा ।

 

५) नेपालमा कला क्षेत्रमा नै भविष्य बनाउछु भन्ने अवस्था आइसकेको हो ?

बिस्तारै यो क्षेत्रमा सुधार आउदैछ , पहिलाको भन्दा निक्कै सुधार आएको छ । मलाई पनि पहिला यो क्षेत्रमा आउदा परिवारको साथ धेरै मात्रामा थिएन , मैले ३/४ वर्ष ग्राफिक डिजाइनरको रुपमा काम गर्दै यो क्षेत्रमा संघर्स गरिराखे । पछी मेरो अवस्था कलाकारितामा राम्रो हुदै गएपछि जागिर छोडेर यसैमा होमिएको हु  ।   परिश्रम र निरन्तरता दिन सके यो क्षेत्रपनि करियरको रुपमा लिन सकिन्छ ।

 

६) अहिले नेपाल भन्दा बाहिर देशमा नै बढी बस्नुहुन्छ , के यो क्षेत्रबाट टाढा हुन त खोज्नुभएको हैन नि ?

पक्कै पनि त्यस्तो हैन ।  म घुम्न रुचाउने मान्छे परे त्यसैले म केहि वर्ष यता बिभिन्न देश घुमिरहेको छु । म बाहिर देशमा हुदा पनि कलाकारितालाई भने छाडेको छैन । अस्ट्रेलियामा हुदा पनि म म्युजिक भिडियोमा अभिनय गरिरहेको थिए , अस्ट्रेलिया मै हुदा मैले एउटा चलचित्र पनि गरे । अमेरिकाको बसाइमा पनि मैले म्युजिक भिडियो खेल्न भने छाडेको थिइन् ।

 

७) के छ तपाइको अबको योजना ?

मेरो २ वटा चलचित्र नेपालमा रिलिजको तयारीमा रहेका छन् । यहि कार्तिक २६ गते "जंगबहादुरको कोट" र मेरो पहिलो चलचित्र "तुलसी" जुन नेपाल बाहिर रिलिज भएपनि नेपालमा रिलिज भएको थिएन यी चलचित्रहरु रिलिज हुदैछन । त्यसभन्दा बाहेक पनि केहि प्रोजेक्टहरुमा कुरा भइराखेको छ । म्युजिक भिडियोबाट आएको हुनाले केहि म्युजिक भिडियोमा पनि खेल्ने योजना छ ।

 

८) बिवाहको योजना चाहि छ कि छैन यो मङ्सिरमा ?

मेरो पहिलो चलचित्र "तुलसी" मङ्सिर २४ गते नेपालमा रिलिज हुदैछ । यो मङ्सिरमा चाहि "तुलसी" संगै मेरो बिवाह हुन्छ । हाहा ... अर्को बिवाह पनि समय आएपछि हुनेछ तर यो मङ्सिरमा चाहि हुदैन बिवाह ।

९) अन्त्यमा के भन्न चाहनुहुन्छ ?

अन्त्यमा म मेरो आउदै गरेको चलचित्र  "जंगबहादुरको कोट" जुन  यहि कार्तिक २६ गते रिलिज हुदैछ , एकदमै राम्रो बनेको छ उक्त चलचित्र , एकपल्ट हलमा गएर हेरिदिनुहोला भन्न चाहन्छु । त्यसैगरि चलचित्र "तुलसी" पनि हेरिदिनुहोला ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्