भारतिय क्लबलाई हराउदै मोरङ फुटबल क्लब विजयी

भारतिय क्लबलाई हराउदै मोरङ फुटबल क्लब विजयी

बिराटनगर कार्तिक ५ , नारायणगढमा जारी १२ अौ टुबोर्ग विकास रनिङ सिल्ड नकआउट फुटबल प्रतियोगितामा मोरङ फुटबल क्लब विजयी भएको छ। मोरङ फुटबल क्लबले भारतको कालिङपोङको एपेक्स फुटबल क्लबलाई ४-१ को गोल अन्तरले पराजित गरेको छ। मोरङको लागि सन्तोष न्यौपानेले ह्याटि्क गरेका थिए । मोरङको लागि मार्टिन अगईले एक गोल गरेका थिए । एपेक्सका लागि भने मरिस तामाङले गोल गरे । मोरङका सन्तोष खेलका म्यान अफ दि म्याच घोषित भए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्