बिराटनगर कार्तिक ५ , विराटनगर उपमहानगरपालिकाका नयाँ कार्यकारी अधिकृत दिपक कोइरालाले आफ्नो कार्यकालमा बिराटनगरको विकास निर्माणलाई प्राथमिकता दिने बताएका छन् । अधिकृतले बिहिबार बिराटनगरका संचारकर्मी संगको परिचयात्मक भेटघाट कार्यक्रममा नगरको विकासका लागि सम्पुर्ण नगरबासीको साथ र सहयोग आवश्यक रहेको बताए । उहाँले हाल बिराटनगरमा जारी रहेका विकासनिर्माणकार्यलाई व्यवस्थित र चाड सम्पन्न गर्न अघि बढ्ने पनि बताए ।