काठमाडौं उपत्यकाका विद्यालयमा बम विष्फोट गराउने मुख्य योजनाकारसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । क्रान्तिकारी कम्युनिष्ट केन्द्र नामक पार्टीका महासचिव बताउने केशब दाहाल र विद्यार्थी संगठनका संयोजक बताउने मिन देवकोटालाई प्रहरीले गएराति पक्राउ गरेको हो ।
![ljBfnosf 9f]sfdf ad /fhwfgLsf] af}4 If]qdf /x]sf] afn;+;f/ :s'nsf] 9f]sfdf dªunaf/ laxfg zªsf:kb j:t' e]l6Pkl5 ;f] :yfgdf /flvPsf] k|];/ s's/ ad g]kfnL ;]gfsf] ad l8:kf]hn 6f]nLn] lgliqmo kfb}{ . tl:a/ M /f]zg ;fksf]6f, /f;;](http://i2.wp.com/www.news24nepal.tv/wp-content/plugins/lazy-load/images/1x1.trans.gif)
गत असोज ४ गते काठमाडौं र ललितपुरका विद्यालयहरुमा बम विष्फोट गराइएको थियो । घटनास्थलमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी केन्द्र र योङ कम्युनिष्ट फोर्स नेपाल नामको पर्चा भेटिएको थियो । ती क्रान्तिकारी कम्युनिष्ट केन्द्र नामक पार्टीका भ्रातृ संगठनहरू हुन् । बम विष्फोट लगत्तै मिन देवकोटाले घटनाको जिम्मा लिएका थिए । घटना भएको एक महिनापछि पक्राउ परेका उनीहरुलाई आज अपरान्ह पत्रकार सम्मेलन गरी सार्बजनिक गर्ने प्रहरीको तयारी छ ।