कोशी अञ्चल अस्पतालमा क्यान्सर उपचारका लागि पूर्वाधारको अभाव हुदा समस्या

कोशी अञ्चल अस्पतालमा क्यान्सर उपचारका लागि पूर्वाधारको अभाव हुदा समस्या

बिनु तिम्सिना
कार्तिक ५ विराटनगर
विराटगरस्थित कोशी अञ्चल अस्पतालमा क्यान्सर उपचारका लागि पूर्वाधारको अभाव हुदा सेवा प्रवाहमा गर्न समस्या देखिएको छ ।
अस्पतालले क्यान्सर पहिचान भैसकेका बिरामीलाई केमु लगायतका सेवा प्रवाह गर्दै आएको भएपनि जनशक्तिको अभाव, रेडियो थेरापीको अभाव हुँदा विरामीहरुले सेवा बाट बञ्चित हुनुपरेको छ । रेडियोथेरापी क्यान्सर रोगी मध्ये करिव ७० प्रतिशतलाई अनिवार्य रहन्छ । तर यहा यो सुविधा नहुदा अस्पतालले विरामीलाई भरतपुर वा काठमाण्डौ पठाउँदा विरामीले सास्ती ब्यहोर्नु परेको छ ।
अस्पतालले क्यान्सर रोगीहरुको शल्यक्रिया शुरु गरेको भएपनि यस्ता साना तिन कुराले समस्या हुने गरेको छ । अस्पतालमा क्यान्सरका विरामीका लागि भनी ४ वटा बेड छुट्याइएको छ । अस्पतालले क्यान्सरको सेवा प्रवाह गरेको १ बर्ष भयो । अस्पतालले हासम्म ३ सय भन्दा बढी क्यान्सर प्रभावितलाई सेवा दिइसकेको क्यान्सर रोग विशेषज्ञ सौगात पौडेललले बताउनुभयो । अस्पतालमा २ जना क्यान्सर रोग विशेषज्ञ डाक्टरले सेवा प्रवाह गरेपनि आवश्यक भौतिक पूर्वाधार, उपकरण र सोही अनुसारको दक्ष जनशक्ति नहुदा भरतपुर लगायतका अस्पतालमा रेफर गर्नु परेको डाक्टर पौडेलको भनाई छ । साथै सरकारले क्यान्सर रोगीका लागि दिने गरेको उपचार सहुलियत बापतको एक लाख रुपैया पनि जनस्वास्थ्य कार्यालयले भरतपुर तथा काठमाण्डौमा पठाउनका लागि पत्र बनाउने हुँदा विरामीलाइ समस्या हुने गरेको डाक्टर पौडेलको भनाइ छ । करिव एक बर्ष अगाडीबाट अस्पतालले क्यान्सरका बिरामी उपचार शुरु गरेको भएपछि चाप बढ्दै गएपनि पूर्वाधारको अभावले सेवा प्रवाहमा समस्या भएको सम्बन्धीत चिकित्सकले बताएका छन् । हाल कोशी अञ्चल अस्पतालमा मोरङ, झापा, सुनसरी,सप्तरी,इलाम, धनकुटा ,ताप्लेजुङ लगायतका जिल्लाहरुबाट क्यान्सरका बिरामी आउने गरेको अस्पतालले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्