कार्कीको सेवा सुविधा रोक्न माग गर्दै निवेदन

<span class='c1'>कार्कीको सेवा सुविधा रोक्न</span> <span class='c2'>माग गर्दै निवेदन</span>

काठमाडौँ, ६ कात्तिक । सर्वोच्च अदालतमा अख्यितार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्कीले पाउँदै आएको सम्पूर्ण सेवा सुविधा रोक्न माग गर्दै पूरक निवेदन आज पेस भएको छ ।

अधिवक्ता ओमप्रकाश अर्यालले दायर गर्नुभएको निवेदनमा निलम्बित कार्कीले पाउँदै आएको सम्पूर्ण सुविधा तत्काल रोक्न माग गर्दै पूरक निवेदन पेस भएको सर्वोच्च अदालतका सहप्रवक्ता विश्वराज पौडेलले जानकारी दिनुभयो ।

“नियमित न्यायिक कामकारबाही अवरुद्ध गरेको, अदालतलाई असहयोग गरेको र आफूविरुद्धको प्रमाण नष्ट गर्ने सम्भावना भएको हुँदा अन्तिम फैसला नहुँदासम्म सबै सुविधा खोस्नुपर्छ”– निवेदनमा भनिएको छ ।

नेपालको संविधानका धारा १०१ को उपधारा ३ मा काम गर्न रोक लगाउने व्यवस्था छ तर सुविधामा रोक लगाउन भन्ने व्यवस्था गरेको छैन । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्